चलचित्र पत्रकार संघको अध्यक्षमा समीर बलामी निर्वाचित – Nepal Press

चलचित्र पत्रकार संघको अध्यक्षमा समीर बलामी निर्वाचित

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् । बलामी ८३ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राजन घिमिरेले ६६ मत ल्याएका छन् । निर्वाचनमा कुल एक सय ५२ मत खसेको थियो ।

त्यस्तै त्यस्तै महासचिवमा रघुनाथ सापकोटा ७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रदीप कार्कीले ७४ मत ल्याए ।

उपाध्यक्ष कार्यक्रमतर्फ कुबेर गिरी निर्वाचित भए । गिरीले ८३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीले ४५ मत ल्याए ।

उपाध्यक्ष संगठनतर्फ विजय आवाज निर्वाचित भए भने उपाध्यक्ष महिलातर्फ सुरक्षा भट्टराई निर्वाचित भएकी छन् ।

सचिव खुल्लामा नवीन गिरी, सचिव समावेशीमा उद्धव रसाइली निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर