प्रदेश १ को नाम ‘कोसी’ : पक्षमा ८२ सांसदले गरे मतदान – Nepal Press

प्रदेश १ को नाम ‘कोसी’ : पक्षमा ८२ सांसदले गरे मतदान

विराटनगर । प्रदेश १ को नाम कोसीको पक्षमा ८२ जना प्रदेश सभा सदस्यले मतदान गरेका छन् । विपक्षमा ४ मत खसेको छ ।

९३ जना प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा ८२ जना सांसदले कोसीको पक्षमा मत हालेपछि प्रदेशको नाम कोसी राखिएको हो । यो मत प्रदेश सभा सदस्यको दुई तिहाइ मत हो ।

कोसी नामको प्रस्तावमा एमालेका ४० कांग्रेसका २६ , माओवादीका ११ र राप्रपाका ५ जनाले मत हाले ।

एमालेका प्रदेश सभा सदस्य राम राना मगर प्रस्तावक र निरन राई र बिदुर लिङ्थेपको समर्थनमा कोसी नाममा एमाले, कांग्रेस, माओवादी र राप्रपाका प्रदेश सभा सदस्यहरूले मतदान गरेका छन् ।


प्रतिक्रिया

One thought on “प्रदेश १ को नाम ‘कोसी’ : पक्षमा ८२ सांसदले गरे मतदान

  1. माओवादीले आफूलाई पहिचानवादी भनेको तिनको भोट लिनलाई झुटो कुरा पो गरेको रहेछ त । भोट त कोशी मै ठोकेछ त । पास त उसले नठोकेको भए पनि हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर