सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2021/03/Commission-for-the-Investigation-of-Abuse-of-Authority-CIAA.jpg)
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नगरप्रमुख जितेन्द्र प्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहबीचको आपसी योजना तथा मिलोमतोमा विद्यालय सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ मागेको पुष्टि भएसँगै नगर प्रमुख गुप्ता र इन्जिनियर साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
गत माघ ३ गते अख्तियारले घुस लिएको अवस्थामा इन्जिनियर साहलाई पक्राउ गरेको थियो । अनुसन्धानको सिलसिलामा मेयर गुप्ता र इन्जिनियर साहको मिलेमतो पुष्टि भएपछि दुबै जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।