प्रचण्ड नेतृत्वकाे सरकार निरन्तर रहन्छ : कांग्रेस उपसभापति खड्का (भिडिओ) – Nepal Press

प्रचण्ड नेतृत्वकाे सरकार निरन्तर रहन्छ : कांग्रेस उपसभापति खड्का (भिडिओ)

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकार निरन्तर अघि बढ्ने दाबी गरेका छन् ।

बुधबार सुर्खेत विमानस्थलमा भएकाे पत्रकार सम्मेलन उनले प्रचण्डले नेतृत्व गरेकै सरकार निरन्तर अघि बढ्ने दाबी गरेका हुन् ।

उपसभापति खड्काले आफू मन्त्री बन्ने लाइनमा नभएकोसमेत खुलाए ।

‘म मन्त्री बन्दिनँ भनेर ७ वर्ष अगाडि भनेको थिएँ’, उनले भने ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो हातमा राष्ट्रपति र प्रधानमन्त्रीको पद भए भने फेरि संसद विघटन गर्छु भन्ने स्पष्ट सन्देश दिएकाले प्रधानमन्त्री प्रचण्ड झस्किएको उनको भनाइ छ ।

उपसभापति खड्काले विश्वासघातको परिणाम अहिले नयाँ घटनाक्रमले देखाएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर