एमालेमा फर्किन ओलीको प्रस्ताव, वामदेवले भने–अध्यक्ष र महासचिवबाहेक अरु पदमा ७० वर्षे हटाउनुस् – Nepal Press

एमालेमा फर्किन ओलीको प्रस्ताव, वामदेवले भने–अध्यक्ष र महासचिवबाहेक अरु पदमा ७० वर्षे हटाउनुस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ। नेता गौतमलाई अध्यक्ष ओलीले उनकै निवास भैंसेपाटी पुगेर भेटवार्ता गरेका हुन्। भेटमा ओलीले आफूलाई एमालेमै फर्किन आग्रह गरेको नेता गौतमले बताए।

ओलीसँगको भेटबारे गौतमले नेपाल प्रेससँग भने, ‘उहाँले मलाई तपाईंजतिको पार्टीको योगदान गरेको व्यक्ति अब बाहिर बसेर हुँदैन। पुरानै घरमा फर्किनुस् भन्नेर आग्रह गर्नुभयो।’

ओलीले पार्टीमा फर्किन प्रस्ताव गरेपछि आफूले एमालेमा रहेको ७० बर्षे उमेरहद हटाउनमा भनेको बताए।उनले भने, ‘मैले उहाँलाई एमालेमा रहेको अहिलेको ७० बर्षे उमेरहद हटाउनुस् भने। उमेरहद अध्यक्ष र महासचिवमा राख्नुस्। तर, अरुमा हटाउनुुस् भनेको छु। मेले प्रस्तावमा उहाँ सकारात्मक नै हुनुहुन्छ भन्ने बुझेको छु।’

उनले एमालेमा फर्केपनि अब अध्यक्ष महासचिव केही हुने पक्षमा नरहेको प्रष्टाए। भेटमा ओलीले राष्ट्रपतिमा सुवास नेम्वाङलाई भोट हाल्नुहुन्छ भन्नेमा विश्वस्त रहेको बताएको उनको भनाइ छ।

साविक नेकपा विभाजनपछि निष्क्रय रहेका गौतमले अहिले कम्युनिष्ट एकता अभियान चलाएका थिए। अहिले उनले त्यसलाई पार्टीमा रुपान्तरण गरेका छन्।


प्रतिक्रिया

One thought on “एमालेमा फर्किन ओलीको प्रस्ताव, वामदेवले भने–अध्यक्ष र महासचिवबाहेक अरु पदमा ७० वर्षे हटाउनुस्

  1. किन फर्काउनु जसले ऐन मौकामा सधैं पार्टीलाई धोका दिएको छ । बरू राष्ट्पतिको चुनावमा हारियोस ठूलो कुरा छैन । तर यस्ता धोकेवाज र विदेशीको इशारामा चल्नेलाई ठाउँ दिनु कदापि उपयुक्त हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर