अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव दाहाल
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७९ फागुन १७ गते १५:१३
![](https://www.nepalpress.com/wp-content/uploads/2023/03/Bhola-Dahal.jpg)
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रवक्ताको जिम्मेवारी सहसचिव भोला दाहाललाई दिएको छ । फागुन १६ गतेदेखि लागु हुनेगरी दाहाललाई प्रवक्ताको जिम्मेवारी दिएको अख्तियारले जनाएको छ ।
यसअघिका प्रवक्ता श्याम भण्डारीको सरुवा भएको थियो ।
फागुन ११ गते बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव भण्डारीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश एकमा सरुवा गरेको थियो ।
आयोगले सहायक प्रवक्ता एवम सूचना अधिकारीको जिम्मेवारी आयोगमा कार्यरत उपसचिव देवीप्रसाद थपलियालाई दिएको छ ।
प्रतिक्रिया