८५ तोला सुन र हिराका गरगहनासहित चितवनबाट तीन जना भारतीय पक्राउ – Nepal Press

८५ तोला सुन र हिराका गरगहनासहित चितवनबाट तीन जना भारतीय पक्राउ

काठमाडौं । प्रहरीले ८५ तोला सुन र हिराका गरगहनासहित तीन जना भारतीय नागरिकलाई चितवनबाट पक्राउ गरेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ आइरहेको डब्लूबी १२ एभी ५५६६ नम्बरको नेक्सन कारलाई रोकेर खानतलासी गर्दा सुन र हिराका गरहना बरामद भएको प्रहरीले जनाएको छ ।

यात्रु बस्ने सीटमुनि, गियर बक्सभित्र र एयर फिल्टरभित्र लुकाएर राखिएको अवस्थामा गरगहना भेटिएको हो । प्रहरीका अनुसार सुनका गरगहना ६३.९८९ तोला र हिरा जडित गरगहना २२.८७८ तोला रहेको छ ।

पक्राउ पर्नेमा कारका चालक भारतको उत्तर प्रदेशका ४३ वर्षीय विनोद प्रसाद, पश्चिम बंगालका ५१ वर्षीय गणपतकुमार तोसावर र सोही ठाउँका नरेश वर्मा रहेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर