प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक चैत ५ गतेसम्मका लागि स्थगित – Nepal Press

प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक चैत ५ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने गरी तय भएको बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको छ ।

संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै आज दिउसो १ बजेका लागि तय भएको बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको जानकारी गराएको हो ।

विशेष कारणवश बैठक स्थगित भएको संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

आज अपराह्न १ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट आएको सन्देश सुनाउने सम्भावित कार्यसूची थियो भने सम्पत्ति शुद्धीकरण संशोधन विधेयक र संवैधानिक परिषद् संशोधन विधेयकमाथि छलफल हुने कार्यसूची रहेको थियो ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा पुगेपछि आजको बैठकमा एमाले सांसदहरु प्रमुख प्रतिपक्षको लहरमा बस्ने तयारी थियो ।

कांग्रेस सरकारलाई विश्वासको मत दिए पनि प्रतिपक्षकै लहरमा थियो । सचिवालयले यो प्राविधिक समस्या टुंगो नलगाउँदै बैठक स्थगित भएको हो ।

यसबीचमा सरकार पुनर्गठन भएर कांग्रेस सरकारमा सहभागी भइसकेपछि एमाले प्रमुख प्रतिपक्षको लहरमा बस्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर