गण्डकीका प्रदेश प्रमुख गुरुङले वुधबार प्रदेश सभामा सम्बोधन गर्ने – Nepal Press

गण्डकीका प्रदेश प्रमुख गुरुङले वुधबार प्रदेश सभामा सम्बोधन गर्ने

पोखरा । गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभामा सम्बोधन गर्ने भएका छन् । प्रदेश सभाको वुधबार बस्ने बैठकमा प्रदेश प्रमुख गुरूङले सम्बोधन गर्ने तालिका रहेको प्रदेश सभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिए ।

वुधबार दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा गर्ने सम्बोधन प्रदेश प्रमुख गुरूङको यो अधिवेशनको पहिलो हो ।

संविधानको धारा १८४ मा प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशनको प्रारम्भ भएपछि प्रदेश सभाको बैठकलाई सम्बोधन गर्न सक्ने प्रावधान छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर