सिके राउत भन्छन्- हामीले सरकार छाड्नुपर्ने कारण छैन – Nepal Press

सिके राउत भन्छन्- हामीले सरकार छाड्नुपर्ने कारण छैन

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूहरु सरकारबाट बाहिरिनुपर्ने कुनै कारण नभएको बताएका छन् । मंगलबार काठमाडौंमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूहरुले अहिले पनि सरकारममा रहेको बताए ।

उनले भने, ‘अहिले त्यस्तो कुनै परिस्थिति भएको छैन । जसले सरकार बाहिर आउनु परोस् भन्ने परिस्थिति बनेको छैन । सरकारबाट बाहिरिने कुनै परिस्थिति नै बनेको छैन जनमत पार्टीको अरु पार्टीहरु त माग पूरा भएन, कसैलाई राष्ट्रपति भएन, कसैलाई मन्त्रालय भएन भनेर बाहिरिएको हो ।’

उनले पहिला पनि माओवादीकै नेतृत्वमा सरकार रहेको उल्लेख गर्दै अहिले पनि सरकार नबदलिएको बताए । ‘दलहरु फेरिए तर सरकार फेरिएको छैन । हामी त्यही भएर सरकारमा यथावत छौँ’, उनले भने ।

उनले राष्ट्रपति नयाँ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता रामचन्द्र पौडेललाई सहयोग गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर