आगामी बजेटका लागि सरकारले माग्यो करसम्बन्धी सुझाव – Nepal Press

आगामी बजेटका लागि सरकारले माग्यो करसम्बन्धी सुझाव

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटको लागि करसम्बन्धी सुझाव मागेको छ । आन्तरिक राजस्व विभागको राजस्व उपसमितिले करसम्बन्धी सुझाव माग गरेको हो ।

आगामी आर्थिक ऐन तथा बजेटमा आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, शिक्षा सेवा शुल्क, विद्युतीय सेवा कर तथा समग्र कर प्रणालीको सुधारका विषयमा नीतिगत र कानूनी सुधार के के गर्नुपर्नेछ, सोसम्बन्धी सुझाव दिन उपसमिति माग गरेको छ ।

उपसमितिका अनुसार सम्बन्धित संघसंस्था, सरकारी निकाय, बुद्धिजीवी तथा सरोकारवालाहरु सबैले विभागको नीति विश्लेषण महाशाखामा पुग्ने गरी इमेलमार्फत सुझाव दिन सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर