भिड हटाउन नसकेपछि डीएसपीले पल शाहलाई आफ्नै गाडीमा लिएर हिँडे (भिडिओ) – Nepal Press

भिड हटाउन नसकेपछि डीएसपीले पल शाहलाई आफ्नै गाडीमा लिएर हिँडे (भिडिओ)

काठमाडौं । जेलमुक्त भएर काठमाडौं आएका अभिनेता पल शाहलाई त्रिभुवन विमानस्थलबाट प्रहरीले घरतर्फ लगेको छ । पलको प्रतिक्षामा रहेका समर्थक, युट्यूबर र सञ्चारकर्मीको भिडलाई छल्दै प्रहरीले उनलाई अर्को बाटोबाट निकालेको हो ।

पल आउनुअगावै उनको स्वागतमा विमानस्थलको आन्तरिक टर्मिनल अगाडि ठूलो भिड जम्मा भएको थियो । युट्यूबरहरु उनको ‘जेलजीवन पछिको पहिलो अन्तरवार्ता’ का लागि व्यग्र थिए ।

तर, भिडका कारण पललाई लिन गएको गाडी टर्मिनलभित्रै पठाइयो ।

गाडी भित्र लगिएको थाहापाएपछि भिड पनि गाडी निस्किने गेटमा जम्मा भयो । पलको गाडी भित्रबाट सुरक्षासहित आयो तर त्यहाँबाट निकाल्ने अवस्था नदेखिएपछि डीएसपीको निर्देशनमा गाडी डाइभर्ट गरियो ।

त्यसपछि भित्री बाटोबाट लगेर नेपाल एयरलाइन्सको भवन छेउबाट निकाल्न खोजियो । त्यहाँबाट निस्किन पनि नसकेपछि अन्तिममा प्रहरीका डिएसपीले आफ्नै गाडीमा राखेर पललाई लिएर हिँडेका छन् ।

पललाई प्रहरीले लगेपछि पलका समर्थकहरुले होहल्ला गरेका थिए । युट्यूबर र सञ्चारकर्मीहरु जिल्ल परे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *