लुई भीतानका सीईओलाई उछिन्दै एलन मस्क फेरि बने विश्व धनाढ्य, कता पुगे अडानी ? – Nepal Press

लुई भीतानका सीईओलाई उछिन्दै एलन मस्क फेरि बने विश्व धनाढ्य, कता पुगे अडानी ?

काठमाडौं । टेस्ला तथा स्पेसएक्सका मालिक एलन मस्क पुनः विश्व धनाढ्य व्यक्तिको सूचीको १ नम्बरमा पर्न सफल भएका छन् ।

डिसेम्बर यता फेशन ब्रान्ड लुई भीतनका सीईओ बर्नाड आर्नलल्ट विश्व धनाड्यको सूचीको नम्बर १ मा रहँदै आएका थिए ।

यो रिपोर्ट तयार गर्दासम्म मस्कको सम्पत्ति १८७ बिलियन डलर रहेको छ ।

सूचीको दोस्रो नम्बरमा रहेका आर्नल्टको कुल सम्पत्ति १८५ बिलियन डलर रहेको छ ।

मस्कको स्वामित्वमा रहेको टेस्ला कम्पनीको शेयर भाउ बढेसँगै मस्क विश्व धनाढ्यको नम्बर एकमा पर्न सफल भएका हुन् । गत वर्षको तुलनामा यो वर्ष टेस्लाको सेयर मूल्य ७० प्रतिशतले बढेको छ।

ट्विटर खरिद प्रक्रिया विवादास्पद बनेपछि गत नोभेम्बरदेखि डिसेम्बरसम्ममा एलन मस्कको सम्पत्तिमा २ सय अर्ब डलरको गिरावट आएको थियो ।

एलन मस्कको उक्त नोक्सानीलाई पछिल्लो समयको सबै भन्दा ठुलो नोक्सानीको रूपमा लिने गरिन्छ ।

ब्लुमबर्गको रिपोर्ट अनुसार हाल मस्क पहिलो, आर्नल्ट दोस्रो, जेफ बेजोस तेस्रो, बिल गेट्स चौथो, र वारेन बफेट पाँचौं स्थानमा रहेका छन् ।

हिन्डेनवर्गको रिपोर्ट सार्वजनिक भएसँगै निरन्तर ओरालो यात्रा तय गरिरहेका भारतीय व्यापारी गौतम अडानी हाल ३२ स्थानमा झरेका छन् ।

गत महिना हिन्डेनवर्गको रिपोर्ट सार्वजनिक हुनुपूर्व अडानी एशियाका नम्बर एक तथा विश्वका चौथो धनाड्यको रूपमा रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर