उद्योग मन्त्रालयमा भण्डारीका ४४ दिन : व्यापार घाटा न्यूनीकरणको पहलदेखि टिमुरे सुख्खा बन्दरगाह निर्माण प्रक्रियासम्म – Nepal Press

उद्योग मन्त्रालयमा भण्डारीका ४४ दिन : व्यापार घाटा न्यूनीकरणको पहलदेखि टिमुरे सुख्खा बन्दरगाह निर्माण प्रक्रियासम्म

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी ६२ दिनका लागि मात्रै मन्त्री बने । पुस ११ गतेमा विना विभागीय मन्त्रीको रूपमा शपथ खाएका भण्डारीले २१ दिनसम्म कुनै पनि मन्त्रालयको जिम्मेवारी पाएनन् । माघ ३ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी भण्डारीले पाएका थिए ।

मन्त्री भण्डारीले सुरुवातमै बढ्दो व्यापार घाटा न्यूनीकरण, पेट्रोलियम पदार्थको सहज आपूर्ति, खाद्यान्न आपूर्तिको सहजता लगायतका विषयमा काम गरेको बताए । उनले यी विषयहरूमा नीतिगत सुधारलाई प्राथमिकता दिएका थिए । एक दर्जनभन्दा बढी कार्य सुरू गरेको उनको भनाई छ ।

मन्त्रालयबाट पेट्रोलियम अन्वेषणको कार्य अघि बढाइएकोमा मन्त्रिपरिषदबाट समेत दैलेखमा ४५ रोपनी जग्गा प्राप्तिको निर्णय पारित भएको छ । पेट्रोलियम विधेयकको मस्यौदामा अर्थ मन्त्रालय र कानून मन्त्रालयको सहमतिको लागि अगाडि बढाइएको छ ।

१३ माघमा कञ्चनपुरमा रहेको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएकोमा मन्त्री भण्डारीले भारतीय राजदूत नवीन श्रीवास्तवसँग दुई पक्षीय सहमतिका लागि छलफल गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मन्त्री भण्डारी सम्बन्धित क्षेत्रमा पुगेर ३ वर्षभित्र बन्दरगाहको काम सम्पन्न गर्ने प्रतिबद्धता गरेका छन् ।

कोरोना महामारीका कारण निर्माण रोकिएको रसुवा पुगेर टिमुरे सुख्खा बन्दरगाहका लागि पुनः निर्माण सम्झौता भएको छ ।

धौवादी फलाम उद्योग लगायत अन्य ३ वटा सिमेन्ट उद्योगसम्म पुग्ने पहुँच मार्गको लागि ९ करोड ६७ लाख रकमान्तर गरी निकासा गरिएको साथै २० वटा औद्योगिक ग्रामका लागि थप रकम निकासा भएको सचिवालयले जनाएको छ ।

भण्डारी समेतको पहलमा धनगढीको गेटामा रहेको स्वास्थ्य विज्ञान विश्वविद्यालयको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मन्त्रीमण्डलबाटै नामकरण भई कार्यान्वयन प्रक्रियामा जाने भएको छ ।

उद्योग मन्त्रालयले सार्वजनिक निकायमा प्रयोग हुने वस्तुहरूमा स्वदेशी वस्तुहरूको प्रयोग बढाउन निर्देशन जारी गरेको थियो ।

सोमबार मात्रै नेकपा एमाले सरकारबाट बाहिरिएसँगै भण्डारीको कार्यकाल पनि ६२ दिनमा सीमित रह्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर