पोखरा अन्तर्राष्ट्रिय विमानस्थल फोटो खिच्ने र टिकटक बनाउने भन्दा अरु भएनः पर्यटनमन्त्री मगर – Nepal Press

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल फोटो खिच्ने र टिकटक बनाउने भन्दा अरु भएनः पर्यटनमन्त्री मगर

पोखरा । गण्डकी प्रदेशका पर्यटन, उद्योग वन तथा वातावरणमन्त्री रेशमबहादर जुग्जाली मगरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अहिले फोटो खिच्ने र टिकटक बनाउनमात्र प्रयोग भएको बताएका छन् ।

नेपाल मगर संघको ४१औं स्थापना दिवसको अवसरमा नेपाल मगर संघ कास्कीले सोमबार आयोजना गरेको मगर एकता दिवसलाई सम्बोधन गर्दै मन्त्री मगरले सो कुरा बताएका हुन् ।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आयो, अहिले फोटो खिच्ने र टिकटक बनाउनेभन्दा अरु भएन’, उनले भने ।

विमानस्थल सञ्चालन गर्न पोखराको मात्र नभएर गण्डकी प्रदेशका ग्रामीण क्षेत्रमा रहेका पर्यकीय क्षेत्रको प्रचार र पूर्वाधार विकास गर्न आवश्यक रहेको मन्त्री मगरको भनाइ छ ।

‘अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न पोखराको मात्र नभएर गण्डकी प्रदेशका सबै जिल्लाको पर्यटकीय क्षेत्रको विकास गर्न सकेमात्र सहज हुनेछ’, उनले भने ।

गत पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट उद्घाटन भएको उक्त विमानस्थलमा हालसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर