सन्दीपको राहदानी फुकुवा गर्न सर्वोच्चको आदेश, खेल सकिएकाे १५ दिनभित्र अदालत उपस्थित हुनुपर्ने – Nepal Press

सन्दीपको राहदानी फुकुवा गर्न सर्वोच्चको आदेश, खेल सकिएकाे १५ दिनभित्र अदालत उपस्थित हुनुपर्ने

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल्नका लागि जुनसुकै देशको भ्रमण गर्न अनुमति प्रदान गरेको छ । उच्च अदालत पाटनको फैसला उल्टाउँदै सन्दीपलाई विदेश जाने अनुमति दिइएको हो ।

सर्वोच्चका न्यायाधीसद्वय सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले गरेको फैसलामा केही शर्त पनि उल्लेख गरिएको छ । जसअनुसार सन्दीप खेल समाप्त भएपछि बाटोको म्यादबाहेक १५ दिनभित्र अदालतमा उपस्थित भएर जानकारी गराउनुपर्ने छ ।

यस शर्तको उल्लंघन गरेको खण्डमा यो सुविधा फिर्ता लिइने जानकारी सन्दीपलाई गराउन पनि अदालतले आदेश दिएको छ ।अदालतले सन्दीपको रोक्का गरिएको राहदानी फुकुवा गर्न पनि सर्वोच्चले आदेश दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर