जर्मन मिडियामा नर्भिकको स्तरीय उपचार सेवाको चर्चा, पर्वतारोहीद्वारा प्रशंसा – Nepal Press

जर्मन मिडियामा नर्भिकको स्तरीय उपचार सेवाको चर्चा, पर्वतारोहीद्वारा प्रशंसा

काठमाडौं । जर्मन पर्वतारोही मार्टिना कुसले नर्भिक अस्पतालको उपचार सेवाको प्रशंसा गरेकी छिन् ।नर्भिक अस्पतालमा ४५ दिनसम्म बसेकी मार्टिनाले नर्भिकको विश्वस्तरीय उपचार सेवाका कारण मृत्युको मुखबाट फिर्ता हुन सफल भएको र उनले स्वदेश फर्किएपछि त्यहाँको सञ्चारमाध्यममा आफ्नो अनुभव साट्दै नर्भिकको उपचार पद्धतिको प्रशंसा गरेकी हुन् ।

सन् २०२२ नोभेम्बरमा मार्टिना कुस नेपालको तेश्रो पटकको भ्रमणमा आउदा उनलाई पल्मोनरी एम्बोलिज्मको समस्या देखिएको थियो । हिमाली क्षेत्रबाट हेलिकोप्टरमार्फत उद्धार गरी काठमाण्डौकै एउटा निजी अस्पतालमा उपचार गरिएको थियो ।

‘काठमाडौंको त्यो सानो अस्पतालमा उपचार गरियो, तर, म लगातार कमजोर हुँदै गएँ, मेरो स्वास्थ्य अवस्था झनै गम्भीर बन्दै गयो । मलाई थप र थप पूरक अक्सिजन चाहिने भइसकेको थियो । सीटी स्क्यानले पल्मोनरी एम्बोलिज्मको समस्या रहेको पत्ता लगायो। डाक्टरहरूले मेरो फोक्सोमा पानी र रगत भेट्टाए। एम्बोलिज्म हुँदा रगत जम्छ र यदि त्यो रक्तनलीमा अड्कियो भने मृत्यु हुन सक्छ। निमोनिया पनि भयो । त्यो सानो अस्पतालले मलाई थप उपचारको लागि काठमाडौंको ठूलो नर्भिक अस्पतालमा सार्‍यो। केही दिनपछि औषधि आयो र ज्वरो कम भयो । खान र पिउन मुश्किलले सक्ने भएको’ लेखिएको छ ।

त्यस्तै उनिले नेपालमा हिमालयको बीचमा सजिलो पदयात्रा, सांस्कृतिक अनुभव वा विश्रामका लागि प्रभावशाली क्षेत्र पनि रहेको बताएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर