यू–१९ विश्वकप छनोटः नेपालकाे लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित – Nepal Press

यू–१९ विश्वकप छनोटः नेपालकाे लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित

काठमाडौं । ओपनर आकाश त्रिपाठीको अर्धसतक प्रेरित हङकङलाई ९ विकेटले पराजित गर्दै नेपालले यू–१९ विश्वकप एसिया रिजन छनोटमा लगातार तेस्रो जित निकालेको छ ।

दुबईकाे अजमनस्थित मालेक क्रिकेट मैदानमा हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२.१ ओभरमा एक विकट गुमाउँदै पुरा गर्यो ।

नेपाका ओपनर आकाश त्रिपाठीले सर्वाधिक ६४ रनको अविजित इनिङ खेले । अर्का ओपनर अर्जुन कुमाल १६ रनमा आउट हुँदा उत्तम रान्गु थापा मगर ३९ रनमा अविजित रहे ।

यसअघि, ब्याटिङ गरेको हङकङका पर्थ भागवतले सर्वाधिक ३६ रन बनाए, मोहमद अलियान जाहिर २९ रन बनाएर आउट हुँदा आहान त्रिवेधी ११ रनमा अविजित रहे । त्योबाहेक हङकङकका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको बलिङमा हेमन्त धामीले सर्वाधिक तीन विकेट लिए । उनले ९ ओभरमा ३ मेडन राख्दै १९ रन खर्चिए । आकाश चन्द ले ८.३ ओभरमा ४३ रन खर्चिएर २ विकेट लिँदा सुबास भण्डारीले १० ओभरमा तीन मेडनसहित १० रन खर्चिएर दुई विकेट लिए । उप कप्तान दिपेश कँडेलले एक विकेट लिए ।

पहिलो खेलमा सिंगापुरलाई ९६ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले हराउँदै लगातार दोस्रो जित निकालेको थियो ।

हङकङ, मलेसिया, सिंगापुर, यूएई र कुवेत सम्मिलित प्रतियोगितामा नेपालले चौथो खेल मङ्गलवार मलेसिया र अन्तिम खेलमा बिहीबार घरेलु टिम यूएईको सामना गर्नेछ । सिंगल राउन्ड रोबिन पद्धतिमा हुने खेलको विजेता टिमले २०२४ मा श्रीलंकामा आयोजना हुने यू-१९ विश्वकप खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर