प्रदेश सरकारबारे एमालेले कुनै निर्णय लिएन – Nepal Press

प्रदेश सरकारबारे एमालेले कुनै निर्णय लिएन

काठमाडौं । नेकपा एमालेले माओवादीलगायतका दलहरूसँगको सहकार्यमा निर्माण गरेका प्रदेश सरकारहरूबाट तत्काल हात नझिक्ने भएको छ ।

संघीय सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने निर्णय गरेको एमालेले प्रदेश सरकारका विषयमा भने कुनै नयाँ निर्णय लिएन ।

आज सचिवालय बैठकपछि पत्रकारसँग बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकारबाट हट्ने र समर्थन फिर्ता लिने निर्णय संघीय सरकारको हकमा मात्रै भएको बताए ।

प्रदेश सरकारका विषयमा कुनै निर्णय नभएको उनले जानकारी दिए ।

एमालेबाट ३ वटा प्रदेशमा मुख्यमन्त्री चयन भएका छन् । थप ३ प्रदेशमा सरकारमा सहभागी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर