पीएनजीविरुद्ध टस जितेर फिल्डिङमा नेपाल, प्रतिशको डेब्यू – Nepal Press

पीएनजीविरुद्ध टस जितेर फिल्डिङमा नेपाल, प्रतिशको डेब्यू

काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी)विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहिबेरमा सुरु हुने खेलमा नेपालबाट तीब्र गतिका बलर प्रतिश जिसील डेब्यू गर्नेछन् । उनी नेपालबाट ओडीआई डेब्यू गर्ने ३७औं खेलाडी हुन् । प्रतिशले यसअघि उमेर समूहमा यू–१९ र १६ बाट खेलिसकेका छन् ।

लिग २ मा २८ खेल खेलेको नेपाल १२ जित र १४ हारको नतिजासहित २६ अंक जोडेर तालिकाको छैठौं स्थानमा छ । एकदिवसीय मान्यता जोगाउन बाँकी आठ खेलमा कम्तिमा ५ खेल जित्नु पर्ने दबाव नेपाललाई छ । यस्तै, तेस्रो स्थानमा रहेर विश्वकप छनोट खेल्न नेपालले ७ खेल जित्नु पर्नेछ ।

प्लेइङ ११ः
रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, कुशल मल्ल, गुलसन झा, आरिफ शेख र प्रतिश जिसी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर