वसन्तपुरमा चीर ठड्याएर होलीलाई निम्तो (तस्बिरहरू/ भिडिओ) – Nepal Press

वसन्तपुरमा चीर ठड्याएर होलीलाई निम्तो (तस्बिरहरू/ भिडिओ)

काठमाडौं । फागु अर्थात् होली पर्व सुरु भएको छ । वसन्तपुर हनुमानढोकामा चीर ठड्याइएसँगै यस वर्षको होली सुरु भएको हो ।

आज बिहान ७ बजेर ४५ मिनेटको साइतमा हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा रंगीविरंगी ध्वजापताकासहितको चीर ठड्याइएको हो । योसँगै देशभर औपचारिक रूपमा फागु पर्व सुरु भएको छ ।

भगवान कृष्णले गोपिनीहरु नुहाउन गएका बेला कपडा चोरेर रुखमा झुन्ड्याइदिएको पौराणिक कथाको स्मरणमा चीर ठड्याउने परम्परा रहिआएको छ ।

प्रत्येक वर्षको फागुन शुल्क अष्टमीको दिन चीर ठड्याएसँगै फागु पर्व आरम्भ हुन्छ ।

यस वर्षको होली पर्वको मुख्य दिन फागुन २२ र २३ गते परेको छ । २२ गते हिमाली तथा पहाडी जिल्लामा र २३ गते तराई जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर