किशोरीलाई काठमाडौं बोलाएर बलात्कार, तीन जनाको उजुरीपछि पक्राउ परे चिनियाँ नागरिक – Nepal Press

किशोरीलाई काठमाडौं बोलाएर बलात्कार, तीन जनाको उजुरीपछि पक्राउ परे चिनियाँ नागरिक

काठमाडौं । विभिन्न प्रलोभन देखाएर किशोरीहरुलाई काठमाडौं बोलाउँदै बलात्कार गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

चीनको फुजियान जिया मेन स्थायी घर भई ललितपुर बस्दै आएका ४९ वर्षीय याङ लिमिङ पक्राउ परेका हुन् ।

उनीविरुद्ध तीन जना किशोरीले उजुरी दिएका छन् । दुई जना १७ वर्ष र एक जना १३ वर्षका किशोरीले आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिएपछि ललितपुर प्रहरीले लिमिङलाई पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका-१० रामबजार स्थायी घर भएका १७ वर्षका दुई किशोरीलाई माघ १० र ११ गते उनले बलात्कार गरेको आरोप लागेको छ ।

यस्तै झापाकी १३ वर्षीया किशोरीलाई उनले कोठामा ल्याएर राखेको पाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर