आगामी योजनामा खेलकुद र क्रिकेटलाई प्राथमिकता दिइन्छ: मुख्यमन्त्री शर्मा – Nepal Press

आगामी योजनामा खेलकुद र क्रिकेटलाई प्राथमिकता दिइन्छ: मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा खेलकुद विकासको लागि सबैको अपनत्व हुने गरी नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आइतबार भएको वार्षिक साधारणसभामा उनले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने भएकाले यसको पूर्वतयारीका लागि आवश्यक काम-कारबाहीमा लागिपरेको जानकारी दिए ।

आगामी योजना निर्माण गर्दा खेलकुद र क्रिकेट क्षेत्रलाई प्राथमिकता दिइने उनले प्रतिबद्धता व्यक्त गरे ।

क्यानको वार्षिक साधारणसभा पहिलो पटक कर्णालीको राजधानी सुर्खेतमा आयोजना गरिएको हो । साधारणसभामा सात प्रदेश, ४५ जिल्लाका गरी करिब एक सय जना प्रतिनिधिको सहभागिता रहेको क्यान कर्णाली प्रदेश संयोजक पदम खड्काले जानकारी दिए ।

उनका अनुसार क्यानमा कर्णालीका चार जिल्ला समावेश छन् ।

साधारणसभामा वार्षिक कार्ययोजना र नीति प्रस्तुतसँगै समीक्षा गरी आगामी कदमका बारेमा निर्णय लिइने अध्यक्ष चतुरबहादुर चन्दले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर