पहिला रामवरण यादवलाई राष्ट्रपति बन्न विशेष जोड लगाए, अहिले रामचन्द्रजी जित्नुहुन्छ : माधव नेपाल (भिडिओ) – Nepal Press

पहिला रामवरण यादवलाई राष्ट्रपति बन्न विशेष जोड लगाए, अहिले रामचन्द्रजी जित्नुहुन्छ : माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले रामवरण यादवलाई राष्ट्रपति बनाउन आफूले पनि विशेष भूमिका लेखेको बताएका छन्।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘जतिखेर राष्ट्रपतिको चर्चा चल्यो। डा. रामवरण यादवको नाम मैले पनि सम्झिएको हो। गिरिजाबाबुलाई उहाँलाई राष्ट्रपति बनाउनुस् भन्ने अरू अनेक हुनुहोला। निर्णय गर्ने नेपाली कांग्रेस होला। बाहिरका अन्य पार्टीमध्ये मैले पनि विशेष जोड लगाएका थिए।’

उनले अहिले पनि परिवर्तनलाई उल्टाउने प्रयास भइरहेको उल्लेख गर्दै आजको दिनमा लोकतन्त्रप्रति समर्पित व्यक्तिहरू गम्भीर बुन्नुपर्नेमा जोड दिए।

उनले भने, ‘अहिले आठ दलको बैठकमा पनि राष्ट्रियतालाई सम्बद्र्धन कसरी गर्ने ? हाम्रो राष्ट्रिय मर्यादाको रक्षा कसरी गर्ने ? राष्ट्रिय स्वाभिमानलाई बचाउने कसरी ? लोकतन्त्रको रक्षा कसरी गर्ने ? गणतन्त्र र संविधानको कसरी रक्षा गर्ने ? भन्ने विषयमा जोड दिएका छौँ।’

उनले गठबन्धनले अगाडि सारेको राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेल विजयी हुनेमा विश्वस्त रहेको बताए।


प्रतिक्रिया

One thought on “पहिला रामवरण यादवलाई राष्ट्रपति बन्न विशेष जोड लगाए, अहिले रामचन्द्रजी जित्नुहुन्छ : माधव नेपाल (भिडिओ)

  1. स्वर्ग जान्छस भनेर सुँगुरलाई भनेको रे …… खान पाईन्छ भनेर सोध्दथ्यो रे । राष्ट्रपति पाएको छोडेर काँग्रेसको पुच्छर हुन बानी परेकालाई स्वाभिमान भन्ने कहाँ आउनु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर