पेनाल्टी सुटआउटमा जावलाखेललाई हराउँदै केपी एपीसी सेमिफाइनलमा (भिडिओ) – Nepal Press

पेनाल्टी सुटआउटमा जावलाखेललाई हराउँदै केपी एपीसी सेमिफाइनलमा (भिडिओ)

काठमाडौं । पेनाल्टी सुटआउटमा जावलाखेल युथ क्लब लाई १–१ ९५–४०को नतिजामा पराजित गर्दै आयोजक केपी एफसी केपी ओली कपको सेमिफाइनल प्रवेश गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा पहिलो हाफको खेल सकिन तीन मिनेट बाँकी रहँदा राहुलले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए। केपी एफसीका गोलकिपर पूर्ण चेम्जोङ बल नियन्त्रणमा लिन नसक्दा पोस्ट नजिकबाट राहुलले गोल गरेका थिए।

पहिलो हाफमा १–० ले पछाडि परेको केपी एफसीले दोस्रो हाफमा आक्रामक शैली अपनाएको थियो। सिफामान्डियया सेलोले ६९औँ मिनेटमा दिएको पासको सदुपयोग गर्दै अजय मार्टिन्सले केपी एफसीका लागि बराबरी गोल फर्काएका थिए।

बराबरीपछि रोमाञ्चक बनेको खेलमा दुवै टिमले गोलको अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा नतिजाका लागि पेनाल्टी सुटआउटसम्म पुग्नु परेको थियो। केपी एफसीका कप्तान विक्रम लामाले प्रहार गरेको पहिलो सुटआउट गोलमा परिणत भएको थियो। यस्तै, जावलाखेलका कप्तान सिमान्थ थापाले पनि पहिलो प्रहार गोलमा परिणत गरेका थिए।

केपी एफसीका आदित्य शाक्यको, अशोक खवास, लाकेन लिम्बु ले गोल गर्दा, जावलाखेलका सिमिराज थोकर, फोडेन फोफानाको तेस्रो प्रहारमा पनि केपीएफसीका गोलकिपर असफल भए।

पाँचौं प्रहारमा केपीएफसीका अनिल मानन्धर गोल गर्न सफल हुँदा जावलाखेलका कोटो मासोवाबीको प्रहार केपीमा विपक्षी टिमका गोलकिपर बाधक बने। मासोवाबीको सोही गल्ती निर्णायक बन्दा केपी एफसी विजयी भयो।

केपी एफसीले शुक्रबार भएको खेलको विजेता मछिन्द्र फुटबल क्लबसँग फाइनल प्रवेशका लागि खेल्ने छ। मछिन्द्र चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर