ओलीले भने- प्रचण्डजीले सम्झौताअनुसार भोट हाल्नुहुन्छ, चिया खान बोलाएजति सबै भोट हुँदैन (भिडिओ) – Nepal Press

ओलीले भने- प्रचण्डजीले सम्झौताअनुसार भोट हाल्नुहुन्छ, चिया खान बोलाएजति सबै भोट हुँदैन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्षका केपी शर्मा ओलीले राष्ट्रपतिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्झौता अनुसार आफूहरुलाई भोट हाल्नेमा विश्वस्त रहेको बताएका छन् ।

ललितपुरको पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डले ओलीसँगकाे भेटमा आफू अप्ठ्यारोमा परेको बताएपनि सम्झौता अनुसार आफूहरुलाई नै भोट हाल्ने एकीन भएको बताए । उनले भने,‘प्रचण्डजीले अलिकति अप्ठ्यारो पर्यो, दबाब पर्यो भनिराख्नुभएको छ। तर उहाँले सम्झौताअनुसार भोट हाल्नुहुन्छ भन्ने लगभग हामीलाई एकीन नै छ ।’

उनले माओवादी, कांग्रेस, नेकपा एस, जसपा, लोपसा, नागरिक उन्मुक्ति, जनमत पार्टी लगायतका नयाँ ८ दलीय गठबन्धनलाई नयाँ गठबन्धन नभएको संज्ञा दिएका छन् ।

८ दलले नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णयबारे गरिएको भन्ने प्रश्नमा ८ दलका नेतालाई प्रचण्डले चिया खान बोलाएको बताए।

पौडेललाई ८ दलले समर्थन गरेको भन्ने प्रश्नमा अध्यक्ष ओलीले कहाँ ८ दललाई समर्थन दियो भन्दै प्रतिप्रश्न गरे । ८ दललाई चिया खान बोलाएको सबै भोट हुन्छ भन्दै प्रश्न गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर