दुर्गा प्रसाईँलाई एमालेले गर्‍यो निष्कासन – Nepal Press

दुर्गा प्रसाईँलाई एमालेले गर्‍यो निष्कासन

 

काठमाडौं । नेकपा एमालेले दुर्गा प्रसाईँलाई पार्टीबाट निष्कासन गरेको छ ।

शनिबार बसेको सचिवालय बैठकले प्रसाईंलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

एमाले प्रदेश १ कमिटीले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

पार्टीको नीति सिद्धान्त विपरीत गतिविधि गरेको भन्दै उनलाई कारबाही गरिएको एमाले नेताहरूले बताएका छन् ।

केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई राखेर कार्यक्रम गरेपछि उनलाई पार्टीबाट हटाउनुपर्ने माग उठ्दै आएको थियो । मेडिकल व्यवसायीसमेत रहेका प्रसाईँले धर्म र राष्ट्रियता बचाउने भन्दै अभियान सुरु गरेका छन् ।

यस्तै एमालेले अर्थ तथा योजना विभागको सचिवमा डा. प्रकाश भट्टलाई मनोनयन गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर