पुस १० पछि पहिलोपटक सानेपामा देउवाले टेके पाइला – Nepal Press

पुस १० पछि पहिलोपटक सानेपामा देउवाले टेके पाइला

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न २ महिनापछि ललितपुरस्थित पार्टी कार्यालय सानेपा पुगेका छन् ।

सत्ता गुमेपछि पहिलो पटक पार्टी कार्यालय सानेपा पुगेका हुन् । यसअघि उनी पुस १० गते सत्ताबाट बाहिरिएपछि पार्टीको बैठक धुम्बाराहीस्थित निजी निवासमा बस्दै आएको थियो ।

हिजोको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ दलीय बैठकले नयाँ गठबन्धन बनाउने निर्णय गरेसँगै कांग्रेस पुन: सत्तामा फर्कन लागेको हो ।

८ दलीय बैठकले राष्ट्रपति कांग्रेसलाई दिने सहमति भएपछि कांग्रेसले आज राष्ट्रपति उम्मदेवार छान्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको थियो ।सोही बैठकमा भाग लिन देउवा दुई महिनापछि पार्टी कार्यालय पुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर