सभामुखको प्रेस सल्लाहकारमा शेखर अधिकारी नियुक्त – Nepal Press

सभामुखको प्रेस सल्लाहकारमा शेखर अधिकारी नियुक्त

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रेस सल्लाहकारमा पत्रकार शेखर अधिकारी नियुक्त भएका छन् । मोरङ उर्लाबारी घर भएका अधिकारीलाई शुक्रबार नियुक्त गरिएकाे हो ।

अधिकारी दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा क्षेत्रमा सक्रिय छन् । उनले रेडियो, छापा हुँदै अनलाइन सञ्चारमाध्यममा अनुभव बटुलिसकेका छन् ।

अधिकारी यसअघि एनटीभी अनलाइनका समाचार सम्पादकको जिम्मेवारीमा थिए ।

मोफसल साप्ताहिक, सप्तकोशी एफएम, ब्लाष्ट टाइम्स दैनिक, अनलाइन खबर, ईकान्तिपुर लगायतमा काम गरिसकेका अधिकारी केही वर्षयता काठमाडौंलाई कर्मथलो बनाएर काम गरिरहेका थिए ।

उनी २०७५ देखि २०७७ सम्म संघीय संसद सचिवालयमा सञ्चार विज्ञको रूपमा थिए ।

सभामुखका नवनियुक्त प्रेस सल्लाहकार अधिकारीले पूर्वाञ्चल विश्व विद्यालयबाट आम सञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर