खैरो हिरोइन कारोबारमा संलग्न आरोपमा दम्पति पक्राउ – Nepal Press

खैरो हिरोइन कारोबारमा संलग्न आरोपमा दम्पति पक्राउ

विराटनगर । लागूऔषध ब्राउन सुगरको कारोबार गरेको आरोपमा तीन जनालाई इटहरी प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीले इटहरी ६ मा डेरा गरी वस्ने वर्ष २४ को राजिव अधिकारी उनकी श्रीमती वर्ष २९ की प्रमिला घिमिरे र भारत बिहार भीमनगर ग्राम पञ्चायत वडा नं १२ का वर्ष २६ को विनोद कुमार गुप्तालाई पक्राउ गरेको हो ।

अधिकारीको डेराबाट अवैध लागू औषध खैरो हिरोइन ३३ ग्राम ७९० मिलिग्राम पनि बरामद भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *