‘ज्याकी : आई एम ट्वान्टी वान’को फस्टलुक सार्वजनिक, पोष्टरमा अटाई्नन् जसिता – Nepal Press

‘ज्याकी : आई एम ट्वान्टी वान’को फस्टलुक सार्वजनिक, पोष्टरमा अटाई्नन् जसिता

काठमाडौं । रेनेशा राई रानाको निर्देशनमा तयार भएको चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’को फस्टलुक पोष्टर सार्वजनिक भएको छ ।

सार्वजनिक पोष्टरमा फिल्मका मुख्य नायक धिरज मगरलाई मात्र प्रस्तुत गरिएको छ जहाँ धिरजको दोहोरो अवतार देख्न सकिन्छ ।

एकातिर, उनी लाहुरेको पोशाकमा देखिएका छन् भने अर्कोतिर उनी डान्सरको अवतारमा देखिएका छन् । पोष्टरले फिल्ममा कतै धिरजको दोहोरो भूमिका त होइन भन्ने प्रश्न उब्जाएको छ ।

सार्वजनिक पोष्टरमा चलचित्रकी मुख्य नायिका जसिता गुरुङलाई स्थान दिइएको छैन । केही दिन अगाडि सार्वजनिक फिल्मको फस्टलुक भिडियोमा पनि जसितालाई स्थान दिइएको थिएन ।

आईकोर फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्र आउँदो बर्षको बैशाख २१ गतेबाट रिलिज हुँदैछ ।

प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराले निर्माण गरेको यस चलचित्रमा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन र द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी रहेको छ ।

फस्टलुकपछि निर्माण पक्षले फागुणको १९ गते टिजर सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर