तीन दलको छलफल निष्कर्षविहीन, भोलि कांग्रेससित बस्ने – Nepal Press

तीन दलको छलफल निष्कर्षविहीन, भोलि कांग्रेससित बस्ने

काठमाडौं । राष्ट्रपति चुनावका विषयमा छलफल गर्न बसेको तीन दलको बैठक ठोस निष्कर्षिवना सकिएको छ । भोलि कांग्रेससँग बसेर थप छलफल गर्ने भन्दै नेताहरु उठेका छन् ।

सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी आज छलफलमा जुटेका थिए । बैठकपछि नेकपा एसका नेता प्रकाश ज्वालाले राष्ट्रिय सहमतिका आधारमा माधव नेपाललाई राष्ट्रपति बनाउन आफ्नो पार्टीले प्रस्ताव राखेको बताए ।

‘हामीले राष्ट्रपति निर्वाचनका सन्दर्भमा व्यापक रुपमा छलफल गर्‍याैं । प्रधानमन्त्रीज्यूले भने जस्तै राष्ट्रिय सहमतिको उम्मेदवारका रुपमा हाम्रो अध्यक्षलाई प्रस्तावित गरेका छौं,’ ज्वालाले भने ।

तत्कालीन गठबन्धन ब्युँताउने सन्दर्भमा ठोस कुराकानी नभएको उनको भनाइ छ । तीन पार्टीहरुबीच चुनावअघि तयारी गरिएजस्तै वाम समाजवादी मोर्चा बनाएर जाने विषयमा पनि छलफल भएको ज्वालाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर