सुनकोशीको किसान लक्षित कार्यक्रम : कृषकलाई अनुदानमा विद्युतीय स्प्रे र बिरुवा वितरण – Nepal Press

सुनकोशीको किसान लक्षित कार्यक्रम : कृषकलाई अनुदानमा विद्युतीय स्प्रे र बिरुवा वितरण

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले कृषकलाई लक्षीत गरेर विभिन्न अनुदानका कार्यक्रमहरु सञ्चालन गरेको छ ।

कृषिमार्फत समृद्ध गाउँपालिका निर्माण गर्ने उदेश्यले कृषकहरुका लागि कृषि सामग्री, फलफूलको बिरुवा लगायतका सामग्रीहरु गाउँपालिकाले वितरणको सुरुवात गरेको हो ।

गाउँपालिकाले कृषकसँग ५० प्रतिशत लागत साझेदारीमा फलफूल तथा बोट बिरुवाहरुमा रोग लाग्दा किटनाशक औषधि प्रयोग गर्ने विद्युतीय स्प्रे गाउँपलिकाले कृषकहरुलाई वितरण गरेको छ ।

गाउँपालिकाले लागत साझेदारीमा सहभागी हुन सार्वजनिक सूचना आह्वान गरेको र सूचना अनुसार सहभागी हुने कृषकहरुलाई विद्युतीय स्प्रे वितरण गरिएको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

कृषकहरुको ५० प्रतिशत र गाउँपालिकाको ५० प्रतिशत लागत साझेदारीमा प्रत्येक बस्तीमा दुइ जनाको समुह बनाएर गाउँपालिका भित्रका ६० कृषकहलाई टु इन वान मोडलको विद्युतीय स्प्रे वितरण गरिएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले कृषकहरुको माग भए अरु कृषकहरुलाई पनि केही थान यस्ता उपकरण प्रदान गर्न सकिने बताए ।

गाउँपालिकाले कृषि कार्यक्रम अन्तर्गत नै स्थानीय सँगको साझेदारीमा विभिन्न फलफुलका विरुवा समेत वितरण गरेको छ । गाउँपालिकाको ७५ प्रतिशत र कृषकको २५ प्रतिशत साझेदारीमा विभिन्न प्रजातिका फलफुलका विरुवाहरु कृषकहरुलाई वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष कान्छी लामाले जानकारी दिइन ।

गाउँपालिकाले हिउँदे फलफूलहरु नासपाती, दाते ओखर, किबी, अनार, आरु, जापनीज हलुवाबेद, लप्सीको विरुवा वितरण गरेको छ ।

गाउँपालिकाले साझेदारीमा उपलब्ध गराएको फलफूल तथा अन्य उपकरणहरुको सदुपयोग गरेर कृषि क्षेत्रमा लाग्नका लागि गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले आग्रह गरेका छन् ।

गाउँपालिकाले लागत साभलेदारीम छिट्टै वर्षे फलफूलका विरुवाहरु समेत वितरण गर्ने तयारी गरेको गाउँपालिकाका कृषि शाखाका प्रमुख सिताराम खरेलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर