माधव नेपालसँग प्रचण्डले भने- तपाईं मात्र एमालेसँग मिलेर हुँदैन, नेकपा ब्यूताउँ – Nepal Press

माधव नेपालसँग प्रचण्डले भने- तपाईं मात्र एमालेसँग मिलेर हुँदैन, नेकपा ब्यूताउँ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग तत्कालीन नेकपा ब्यूँताउने प्रस्ताव राखे ।

त्यसभन्दा अगाडि प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालसँग यस विषयमा कुरा गरेको थाहा भएको छ ।

स्रोतका अनुसार एमाले र एकीकृत समाजवादीबीच एकता प्रयास भइरहेको सम्वन्धमा नेपालसँग प्रचण्डले जिज्ञासा राखेका थिए । नेपालले यस विषयमा सकारात्मक जवाफ दिएपछि प्रचण्डले नेकपा नै ब्यूँताउने अफर गरेका हुन् ।

‘तपाईं मात्र एमालेसँग मिलेर हुन्न नि, म पनि त मिल्नुपर्यो,’ प्रचण्डको भनाइ उद्वृत गर्दै स्रोतले भन्यो, ‘अब नेकपा नै ब्यूँताउँ, तपाईं राष्ट्रपति बन्नुहोस् ।’

प्रचण्डको सो प्रस्तावपछि नेपालले एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलसँग भेटेका हुन् । साथै, नेकपा एसका अन्य नेताहरु पनि एमालेसँग सवादमा जुटेका छन् । केही नेताहरुले आजै एमालेको पार्टी कार्यालयमा गएर कुराकानी गरेको समेत स्रोतले बतायो ।

पछिल्लो यही विकासक्रमले गर्दा आज हुने भनिएको तत्कालीन पाँच दलीय गठबन्धनको बैठक हुन सकेन । अहिले माओवादी, नेकपा एस र जसपाबीच छलफल भइरहेको छ ।


प्रतिक्रिया

One thought on “माधव नेपालसँग प्रचण्डले भने- तपाईं मात्र एमालेसँग मिलेर हुँदैन, नेकपा ब्यूताउँ

  1. नेताहरुलाई सुझाव : देश बनाउने हो भने एमाले, माऔवादी, जसपा र एकीकृत समाजबादी एक भई नेकपा बनाउनुपर्छ ।२७% भौगोलिक(सातै प्रदेशमा खसआर्य) , ३३ % महिला, २२% जनजाति, ११% मधेशी, ४ प्रतिशत थारु र ३ प्रतिशत मुस्लिम रहनेगरी सबै समितिमा सदस्य मनोनयन गर्ने । पार्टी भद्दा नभई चुस्त र छरितो हुनुपर्छ । यसका लागि चारओटै पार्टी निम्न कुरामा सहमत हुनुपर्छ ।
    १. एमालेको २८.५, माओबादीको ११.८, एसको ३, जसपाको ४.२ गरी ४७.५ (लाखमा) मत रहेकोले प्रति ५० हजारमा १ जनाका दरले ९५ जना केन्द्रिय सदस्य बनाउने।(पूर्व पार्टीको केन्द्रिय समितिलाई मनोनयन गर्न दिने )
    २. त्यसैगरी १.५ लाख मत प्राप्त भएकोमा १ जना पोलिटव्यूरो सदस्य हुने गरी जम्मा ३१ जना सदस्य बनाउने
    ३. त्यसैगरी ३ लाख मत प्राप्त भएकोमा १ जनाका दरले १६ जना सदस्य रहेको सचिवालय बनाउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर