१५ जिल्लामा हात्तीपाइले विरुद्धको आम औषधि अभियान आजदेखि सुरु – Nepal Press

१५ जिल्लामा हात्तीपाइले विरुद्धको आम औषधि अभियान आजदेखि सुरु

काठमाडौं । महोत्तरी लगायत देशका १५ जिल्लामा हात्तीपाइले विरुद्धको आम औषधि अभियान आज फागुन ११ गतेदेखि सुरु भएको छ ।

नेपालले सन् २०३० सम्ममा हात्तीपाइले रोगलाई निवारण गर्ने उद्देश्यका साथ हात्तीपाइले रोग विरुद्धको आम औषधि अभियान मधेस प्रदेशका पाँच जिल्ला महोत्तरी, सर्लाही, धनुषा, रौतहट, बारा सहित देशभरका १५ जिल्लामा यो अभियान सुरु भएको हो ।

तालिम प्राप्त स्वास्थ्यकर्मीले घर घरमा गएर प्रत्यक्ष निगरानीमा २ वर्ष माथिका सबै उमेर समूहका व्यक्तिहरुलाई औषधि सेवन गराईने महोत्तरीको बर्दिबास नगरपालिकाका नगर स्वास्थ्य संयोजक सुरेश पासवानले जनाए ।

यसपटक व्यक्तिको उचाईका आधारमा तीन किसिमका वि.इ.सी., एल्वन्डाजेल, आइभर मेक्टिन नामक औषधि गर्भवती, ७ दिन सम्मको सुत्केरी, किमो चढाइरहेका विरामी र मुटुको औषधि सेवन गरेका विरामी बाहेकका सबैलाई सेवन गराइने संयोजक पासवानले बताए ।

फागुन ११ गतेदेखि सुरु गरिएको यो अभियान दुई हप्तासम्म संचालन हुने छ । हात्ती पाइले रोगको औषधि फेरि खानै पर्ने होर भन्ने खालको शंकास्पद प्रतिकृया आएको तर औषधि खादा कुनै पनि असर नगर्ने भन्न जानकारी भएकोले छिमेकमा त्यसै किसिमको जानकारी गराएको बर्दिबास नगरपालिका वडा नं.१ का वडा सदस्य लक्ष्मी कोइरालाको भनाई छ ।

बर्दिबास नगरपालिकाले स्वास्थ्यकर्मीलाई १ दिने तालिम दिएको सामुदायिक नर्स ईन्दिरा पौडेलले बताइन् । सरकारले २००३ सालदेखि विभिन्न चरणमा यो अभियान संचालन गरिरहेको छ ।

पछिल्लो समय केही जिल्लाहरुमा हात्तीपाइलेका रोगीहरु एक प्रतिशत भन्दा बढी रोगीहरु देखा परेकोले सरकारले यो अभियान पुनः सुरु गरेको हो ।

मधेस प्रदेशका ५ जिल्ला सहित झापा, मोरङ, रसुवा, लमजुङ, बाग्लुङ, पर्वत, कपिलवस्तु, दाङ, बाँके, र कैलाली जिल्लाहरुमा आजैदेखि यो अभियान सुरु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *