केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसीप सुरु (तस्बिरहरु) – Nepal Press

केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसीप सुरु (तस्बिरहरु)

काठमाडौं । केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसीप सुरु भएको छ ।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको च्याम्पियनसीपको नेकपा एमालेका अध्यक्ष ओलीले बिहीबार उद्घाटन गरेका हुन् । पहिलो खेल नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच खेल सुरु भएकाे हाे ।

यसअघि च्याम्पियनसीपको तालिका र ट्रफी सार्वजनिक भइसकेको छ ।

प्रतियोगिताको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ भने फाइनल खेल दशरथ रंगशालामा हुने आयोजकले जानकारी दिएकाे छ ।

प्रतियोगिता फागुन ११ गतेबाट १७ गतेसम्म चल्नेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।

‘ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टीम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब छन् भने एक आयोजक टोली केपी ओली फुटबल क्लब रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तस्बिरहरु

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर