पाकिस्तानमा अर्थतन्त्र बचाउने अन्तिम अस्त्र- मन्त्रीहरूले तलब नलिनेदेखि बिलासी गाडी लिलामसम्म – Nepal Press

पाकिस्तानमा अर्थतन्त्र बचाउने अन्तिम अस्त्र- मन्त्रीहरूले तलब नलिनेदेखि बिलासी गाडी लिलामसम्म

काठमाडौं । ३ अर्ब अमेरिकी डलरमात्रै विदेशी मुद्रा सञ्चितिसहित पाकिस्तान टाट पल्टिने दिशामा लम्किरहेको बेला सरकारले देशको अर्थतन्त्र बचाउने अन्तिम अस्त्र अगाडि सारेको छ ।

पाकिस्तानका प्रधानमन्त्रीले शाहबाज शरिफले बुधबार राति पत्रकार सम्मेलनमार्फत सरकारी खर्चमा भारी कटौती गर्ने घोषणा गरेका हुन् । उनले आफू र आफ्ना क्याविनेट मन्त्रीहरू कसैले पनि तलब सुविधा कुनै पनि तलब सुविधा नलिने बताए । प्रधानमन्त्री शरिफले सबै केन्द्रीय मन्त्रीहरूलाई बिजुली, पानी, ग्यास र टेलिफोनको बिल आफ्नो निजी खर्चबाट तिर्नको लागि अपिलसमेत गरेका छन् ।

मन्त्रीहरुसँग रहेका बिलासी गाडीहरूको लिलामी गर्ने, सर्वोच्च अदालत, उच्च अदालत र कर्मचारीतन्त्रमा पनि उनले खर्च कटौतीको लागि अपिल गरे । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सर्तहरू पूरा गर्न सरकारी खर्चमा ठूलो कटौती गर्न लागिएको शरिफको भनाई छ ।

उनका अनुसार परराष्ट्र मन्त्रालयको पनि १५ प्रतिशतले खर्च कटौती हुनेछ जसका कारण केही देशका दूतावास बन्द हुन सक्ने प्रबल सम्भावना देखिएको छ । हालैमात्र रक्षामन्त्री ख्वाजा मोहम्मद आसिफले पाकिस्तान अहिले नै टाट पल्टिसकेको बताएका थिए । शरिफ पाकिस्तानी सेनाको खर्च कटौतीबारे भने मौन देखिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर