ओली भन्छन्- प्रचण्डजीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्नुहुन्न, गर्नै मिल्दैन (भिडिओ) – Nepal Press

ओली भन्छन्- प्रचण्डजीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्नुहुन्न, गर्नै मिल्दैन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सहमति कार्यान्वयन हुने दाबी गरेका छन् ।

कांग्रेसको सक्रियतामा पाँचदलीय गठबन्धन बिउँताउन गृहकार्य सुरू भएको चर्चाका बीच जन्मदिनका अवसरमा निजी निवास बालकोटमा आयोजित कार्यक्रमपछि नेपाल प्रेससँग उनले सत्ता गठबन्धन नटुट्ने दाबी गरे ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई समर्थन गर्नुभयो भने गठबन्धन के हुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘उहाँले त्यस्तो गर्दै गर्नुहुन्न । गर्न मिल्दैन । उहाँले हामीसँग पुस १० गते नै सम्झौता गरिसक्नुभएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर