अर्जुनको ‘मेसो मिलाएर’ मा राज र श्रद्धाको छल्किएको प्रेम – Nepal Press

अर्जुनको ‘मेसो मिलाएर’ मा राज र श्रद्धाको छल्किएको प्रेम

काठमाडौं । संगीतकार अर्जुन पोखरेलको संगीतमा ‘मेसो मिलाएर’ बोलको गीत आज सार्वजनिक गरिएको छ ।

निशान भट्टराई र अस्मिता अधिकारीको स्वरमा समावेश यो गीतमा दिग्गज धौरालीको शब्द भरेका छन् । गीतले युवायुवतीबिचको प्रेमील वार्तालापलाई प्रस्तुत गरेको छ । भिडिओमा नायक राज कटुवाल र नायिका श्रद्धा क्षेत्रीको प्रेम र रोमान्स हेर्न सकिन्छ ।

गीतको भिडिओलाई माइकल चन्दले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायांकन रहेको भिडिओलाई शिलन लम्सालले सम्पादन गरेका छन भने भिडिओमा राज र श्रद्धाबाहेक बेगबहादुर क्षेत्री, सुन्दर कार्की र दीपा थापा कार्कीको पनि अभिनय देख्न सकिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर