अष्ट्रेलियाको आईटी तालिम नेपालमै – Nepal Press

अष्ट्रेलियाको आईटी तालिम नेपालमै

काठमाडौं । गैरआवासीय नेपालीहरूले नेपालमै बसेर अन्तर्राष्ट्रिय आईटी करिअर बनाउन सघाउने भएका छन् । लामो समयदेखि ‘ब्रेन गेन’ को मुद्दा नेपाल र विदेशमा बस्ने नेपालीहरूका बीच उठ्दै आएको सन्दर्भमा अष्ट्रेलियामा सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका नेपालीले बुटक्याम्पमार्फत अन्तर्राष्ट्रियस्तरको तालिम दिने भएका हुन् ।

अष्ट्रेलियाको सिड्नी र क्यानबेरामा ‘कोडिङ बुटक्याम्प’ सञ्चालन गर्दै आएको डेण्टेड कोड एकेडेमीले नेपालमा पनि ‘कोडिङ बुटक्याम्प’ सुरू गर्न लागेको हो । एकेडेमीले नेपालमा छ महिनाको ‘फुल-स्ट्याक वेब डेभलपमेन्ट’ र तीन महिनाको ‘वेब डेभलपमेन्ट’ तालिम सुरू गर्न लागेको जनाएको छ । काठमाडौंमा एक पत्रकार सम्मेलन गरेर एकेडेमीले सुरूमा ‘बुटक्याम्प’ हाईब्रिड हुने र उपयुक्त जनशक्ति तयार भएपछि हाइब्रिडसँगै भौतिकरूपमा नै तालिम कक्षाहरू सञ्चालन हुने जानकारी दिएको छ ।

एकेडेमीका सीईओ प्रेम आचार्यले नेपालमा बसेर विदेशका कम्पनीहरूमा काम गर्न सक्ने सीपसँगै नेपालबाट सफ्टवेरयर सम्बन्धी सेवा र उत्पादन विदेश निर्यात गर्ने अवस्था बनाउनु आफूहरूको लक्ष्य रहेको जनाए । आईटीको क्षेत्रमा लाग्न चाहनलेलाई यो क्षेत्रमा करिअर बनाएर ‘डलरमा कमाएर नेपाली रूपैंयामा खर्च गर्ने’ अवस्था बनाउनु आफूहरूको ध्येय रहेको भन्दै आचार्यले अष्ट्रेलियामा पाएको सफलता नेपालमा बाँढ्न चाहेको बताए ।

एकेडेमीले सुरूमा तालिम सञ्चालन गर्ने, दक्ष जनशक्ति तयार भएपछी विदेशबाट सफ्टवेयरसम्बन्धी कामहरू नेपालमा ल्याउने साथै ‘स्टार्ट अप’ हरूलाई मञ्च प्रदान गरेर आईटीमार्फत देशको रोजगार र आर्थिक विकासमा समेत योगदान दिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *