बदनियतले काम गर्ने लघुवित्तलाई कारबाही हुनुपर्छ : गगन थापा (भिडिओ) – Nepal Press

बदनियतले काम गर्ने लघुवित्तलाई कारबाही हुनुपर्छ : गगन थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बदनियतले काम गर्ने लघुवित्त संस्थाहरूलाई कारबाहीको माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले खराब नियतले काम गर्ने लघुवित्तलाई राष्ट्र बैंकले सुपरीवेक्षण गरेर तत्काल कारबाही गर्न माग गरेका हुन् । थापाले लघुवित्तका कारण मर्कामा परेकाहरुलाई बैंक तथा वित्तीय संस्थाहरुको सामाजिक उत्तरदायित्वको रकमबाट राहत दिनुपर्ने बताए ।

उनले लघुवित्त संस्था, जहाँबाट जतिसुकैमा पनि ऋण लिने ग्राहक र राष्ट्र बैंक तीनवटैलाई दोष देखाए ।

‘अति न्यून आय भएका गरिबीको आहालबाट निकाल्नको लागि काम होला भनेको गरिबहरु उठ्न नसक्ने गरी थला पर्न बाध्य भएका छन् । अनुचित नाफा कमाउनको लागि जे पनि गर्ने लघुवित्त संस्था र तत्कालको गर्जो टार्न जस्तो पनि ऋण लिने ग्राहकहरु । अनुमति लिँदै गर्दा हात फैल्याउने र सुपरीवेक्षण गर्दैगर्दा मुठी कस्ने राष्ट्र बैंकको कारणले लघुवित्तको समस्या देखिएको हो’, थापाले भने ।

राष्ट्र बैंकको निर्देशिकाको प्रभावकारी कार्यान्वयन र सुपरिवेक्षण कार्य र वित्तीय साक्षरतालाई स्थानीय सरकारको साझेदारीमा तल्लो तहसम्म लैजाने काम राष्ट्र बैंकले तत्काल गर्नुपर्ने बताउनु भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर