क्वात्राको दौडधुपलाई लिएर संसदमा रघुजी पन्तले जनाए विरोध (भिडिओ) – Nepal Press

क्वात्राको दौडधुपलाई लिएर संसदमा रघुजी पन्तले जनाए विरोध (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद रघु पन्तले भारतीय विदेश सचिव विजयमोहन क्यात्राले राष्ट्रपतिदेखि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँग भएको भेटबारे आपत्ति जनाएका छन् ।

वुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रपति निर्वाचनको बेलामा विदेशी दौडधूप चलिरहेकोप्रति आपत्ति जनाए ।

उनले भने, ‘राष्ट्रपतिको विषयमा अहिले छलफल भइरहेको छ । तर, दुखको कुरा भारतको पूर्व प्रोफेशरले राष्ट्रपतिमा हाम्रो पूर्व राजदूत, पूर्व सभामुख र पूर्व अर्थमन्त्रीलगायत व्यक्तिको नाम प्रस्तुत गर्छ । कस्तो दिन आयो? हाम्रो मन्त्रीस्तरको राजदूत हुनुहुन्थ्यो निलाम्बरजी । उहाँलाई भारतको परराष्ट्रमन्त्रीसँग भेट्नको लागि पटक पटक ताकेता गर्दा मुस्किलले भेटघाट हुन्थ्यो । तर, राष्ट्रपतिको चुनावअघि यहाँ भारतका विदेशसचिव आउँछन् । उनी राष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्री सबैलाई भेटाउँछौं ।’

उनले राष्ट्रिय सम्मानको कुरा भएकाले सरकार र परराष्ट्र मन्त्रालयको ध्यानकर्षण गराए ।

 


प्रतिक्रिया

2 thoughts on “क्वात्राको दौडधुपलाई लिएर संसदमा रघुजी पन्तले जनाए विरोध (भिडिओ)

  1. नेपालका नेताहरू नाङ्गै छन भन्ने यो भनाइले पुष्टि गरेन र भन्या अब पनि हामीले कति खेप्नु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर