नेपालको पहिलो अन्तर्राष्ट्रिय एओजी मार्की राइड सुरु हुँदै – Nepal Press

नेपालको पहिलो अन्तर्राष्ट्रिय एओजी मार्की राइड सुरु हुँदै

काठमाडौं । अपाचे ओनरस्ग्रुप (एओजी)ले नेपालको पहिलो अन्तर्राष्ट्रिय मार्की राइड सुरु हुने भएको छ ।

फागुन ११ गते बिहीबारबाट सुरु हुने राइडमा नेपाल, भारत र बंगलादेशका राइडर सहभागी हुने जनाइएको छ । राइड २१ दिन लामो हुने र चालक अनुमति प्रमाणपत्र भएका अपाचे राइडरले भाग लिनका लागि आवेदन दिन पाउने आयोजकले बताएको छ । हालसम्म ५ सय भन्दा बढी अपाचे राइडरले अनलाइन आवेदन दिइसकेको जनाइएको छ ।

राइड करिब ६ हजार ५ सय किलोमिटर लामो हुने अनुमान गरिएको छ । काठमाडौं बाट सुरु हुने उक्त राइड रक्सौल हुँदै गया, राउरकेला, सारंगढ़, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसूर, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुरबाट रक्सौल हुँदै काठमाडौंमा आएर सम्पन्न हुने जनाइएको छ ।

यस्तै, राउरकेलामा नेपाल र बंगलादेशका राइडरको भेट हुने र राइडर्स विभिन्न रुट हुँदै गोवा जाने बताइएको छ । राइडरले राइडको क्रममा भारतका विभिन्न पर्यटकीय क्षेत्रहरुको पनि भ्रमण गोवामा मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभलमा बाइकिङ गतिविधिका साथै गिगमा र टिभिएसका उत्कृष्ट बाइक, बाइकिङ पोशाक, र प्रविधिको प्रदर्शनी सहभागिता जनाउने लगायतका विभिन्न मनोरञ्जनात्मक गतिविधि समावेश रहने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *