मैले कति योगदान दिएँ थाहा छैन, तर मेरो देशले जितेको छ : सन्दीप लामिछाने – Nepal Press

मैले कति योगदान दिएँ थाहा छैन, तर मेरो देशले जितेको छ : सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेले ६ महिनापछि घरेलु मैदानमा भएको त्रिकोणात्मक श्रृंखलाबाट क्रिकेटमा कमब्याक गरे । चार खेलको श्रृंखला नेपालले क्लिनस्वीप गर्दा उनले बलिङबाट महत्वपूर्ण योगदान दिएका छन् ।

सन्दीपलाई दर्शकले निकै समर्थन र हौसला दिएका थिए । आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले दर्शकप्रति आभार प्रकट गरेका छन् । मैदानमा दर्शकलाई अभिवादन गरेको तस्वीर सहित उनले स्टाटस लेखेका हुन् ।

सन्दीपले भनेका छन्, ‘मैले कति योगदान गर्न सकेँ थाहा थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ।। यो साथ यो मायाको लागि सम्पूर्णमा हृदयदेखी आभारी छु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर