‘मिनरल वाटर’को नेपाली कन्सर्ट दृश्य विश्वभर भाइरल (भिडि‌ओ) – Nepal Press

‘मिनरल वाटर’को नेपाली कन्सर्ट दृश्य विश्वभर भाइरल (भिडि‌ओ)

काठमाडौं। गायिका एलिना चौहानले गाएको ‘मिनरल वाटर’को कन्सर्ट दृश्य टिकटकबाट विश्वभर भाइरल भएको छ। गत फेब्रुअरी १ मा चक्र चन्द सोडारीले अपलोड गरेको सिनमा केही युवतीहरुले कन्सर्टमा गरेको हाउभाउको विश्वभर चर्चा भएको छ।

इन्डोनेसिया, रसियनदेखि स्पेनीस भाषाका विभिन्न भिडियोहरु बनेका छन् । गायिका चौहानले पनि एक भिडियोमा ड्वेट गरेकी छन् ।

तीन करोड ६६ लाख बढीले हेरिसकेको भिडियोको ड्वेट ३३ सय भन्दा धेरै बनेका छन् ।भिडियो भाइरल भएपछि मिनरल वाटर गीत गाउने ट्रेन्ड पनि सुरु भएको छ। थाइल्यान्डका एक युवाले गाएको गीत अहिले चर्चामा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *