राष्ट्र बैंक भन्छ- स्थिर ब्याजदरमा कर्जा लिऔं, यसले ब्याज रकम बढ्दैन – Nepal Press

राष्ट्र बैंक भन्छ- स्थिर ब्याजदरमा कर्जा लिऔं, यसले ब्याज रकम बढ्दैन

काठमाडौं । पछिल्लो समय ब्याजदरको विषयलाई लिएर ऋणीहरुले चरम असन्तुष्टि व्यक्त गरेपछि नेपाल राष्ट्र बैंकले ब्याजदर बारे बुझेर मात्र ऋण लिन आग्रह गरेको छ । मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले ब्याजदरबारे पूर्ण जानकारी राखेरमात्र बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन भनेको हो ।

राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘ब्याज र आम्दानीमा तालमेल नभएमा समस्या आउन सक्छ, निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामन्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुनसक्ने अवस्थालाई ध्यान दिँदै व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।’

स्थिर ब्याजदरमा कर्जा उपयोग गर्दा ब्याजदर नबढ्ने उसको भनाइ छ । ब्याजदर निर्धारण र परिवर्तन हुने सर्त बुझेरमात्र लगानी गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । अहिले बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्ध विभिन्न संघसंस्थाहरु आन्दोलित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर