कठिन अवस्थामा स्कटल्यान्डविरुद्ध रोहितको अर्धशतक – Nepal Press

कठिन अवस्थामा स्कटल्यान्डविरुद्ध रोहितको अर्धशतक

काठमाडौं । हार नजिक पुगेको नेपालका लागि कप्तान रोहित पौडेलले जारी आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ७ विकेट गुमाएको अवस्थामा रोहितले ५४ बलमा ४ चौका र २ छक्कासहित अर्धशतक प्रहार गरेका हुन् । यो रोहितको सातौं अर्धशतक हो ।

दबाबमा रहेको नेपाललाई खेद जित्न २०.२ ओभरमा ८५ रन लिन आवश्यक छ । क्रिजमा रोहित र सन्दीप लामिछाने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर