पोखरा विमानस्थलले भन्यो- जहाजमा चरा ठोक्किएको छैन, भिडिओ कसरी बन्यो थाहा भएन – Nepal Press

पोखरा विमानस्थलले भन्यो- जहाजमा चरा ठोक्किएको छैन, भिडिओ कसरी बन्यो थाहा भएन

काडमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै उडिरहेको बेला जहाज चरासँग ठोक्किन लागेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ । तर यो भिडिओ कसले र कसरी खिचेको हो भन्ने कुनै तथ्यं बाहिर आएको छैन ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रमराज गौतमले सामाजिक सञ्जालमा कसरी र कसले भिडिओ सार्वजनिक गरेको हो भन्ने कुनै जानकारी नभएको बताए ।

उनले भने, ‘मैले सबै तिर चरा ठोक्किएको विषयमा बुझेँ तर चरा ठोक्किएको भन्ने जहाज र टावरसँग बुझ्दा भिडिओ सार्वजनिक भएको दिन कहीँ पनि त्यस्तो घटना भएको छैन् । जहाजमा चरा आउँछ अनि ठोकिन्छ त्यसपछि भिडिओ गरौंला भनेर कसले क्यामरा तयार पारेको हुन्छ ? यो भिडिओ नै कहिलेको र कहाँको हो भन्ने थाहाँ छैन । नियोजित तरिकाले भिडिओ आएको छ ।’

तर, सामाजिक सञ्जालमा आएको भिडिओ हेर्दा बुद्ध एयरको जहाज विमानस्थलमा अवतरण गर्ने क्रममा चरासँग ठोक्किएको देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *