कास्कीमा पोखरीमा डुबेर ४ वर्षीय बालकको मृत्यु – Nepal Press

कास्कीमा पोखरीमा डुबेर ४ वर्षीय बालकको मृत्यु

पोखरा । कास्कीको पोखरीमा ४ वर्षीय बालक मृत फेला परेका छन् । कास्की पोखरा महानगरपालिका ५ पस्र्याङमा सोमबार बेलुकादेखि हराएका सुहौन केसी खुडेपोखरीमा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञान खड्काले जानकारी दिए ।

केसी सोमबार बेलुका खेल्न भन्दै घरबाट निस्केका र अबेरसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो । त्यसपछि खटिएको प्रहरीको टोलीले बालकलाई पोखरीमा डुबेको अवस्थामा मृत भेटाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *