१२औं एसिया प्यासिफिक युवा वैज्ञानिक सम्मेलनमा सहभागी को को हुदैछन् ? – Nepal Press

१२औं एसिया प्यासिफिक युवा वैज्ञानिक सम्मेलनमा सहभागी को को हुदैछन् ?

काठमाडौं । १२औं एसिया प्यासिफिक युवा वैज्ञानिक सम्मेलनमा ‘सातौं युवा वैज्ञानिक शिखर सम्मेलन २०२३’ बाट सहभागी हुने भएका छन् । नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब एसएस/कलेजको संयुक्त आयोजनामा भइरहेको दुई दिने सम्मेलनका बिजेता यहि सेप्टेम्बर २७ देखि अक्टोबर १ सम्म मेक्सिकोको सोनोरामा आयोजना हुने १२औं एसिया प्यासिफिक युवा वैज्ञानिक सम्मेलनमा सहभागी हुने बताइएको छ ।

प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट कक्षा ८ देखि १२ सम्मका युवा वैज्ञानिक र ३१ विद्यालयका ५६ वटा अनुसन्धान प्रोजेक्ट बिच प्रतिस्पर्धात्मक प्रतियोगिता भइरहेको ‘सातौं युवा वैज्ञानिक शिखर सम्मेलन २०२३ ग्लोबल कलेजमा भइरहेको छ । युवा वैज्ञानिकले इन्जिनियरिङ तथा रोबोटिक्स, जीव विज्ञान, रसायन तथा पर्यावरण विज्ञान, भौतिक विज्ञान र गणित र कम्प्युटर विज्ञानमध्यको (आर्टिफिसियल इन्टेलीजेन्स समेत) कुनै एक विधामा आफ्नो प्रस्तुती राखिएको कलेजले जनाएको छ ।

हरेक विधामा युवा अनुसन्धाताले आफ्नो अनुसन्धानलाई संक्षिप्त लिखित सारांश, छोटो भिडियो, पोस्टर तथा मौखिक प्रवचनको रूपमा प्रस्तुत गरिएको, संक्षिप्त लिखित सारांश, छोटो भिडियो, पोस्टर तथा मौखिक प्रवचनको रूपमा अनुसन्धाताले गरेको प्रस्तुतीका आधारमा पनि मूल्यांकन गरिने कलेजले जनाएको छ ।

सम्मेलनका बिजेतालाई पाँच विभिन्न विधामा प्रमाणपत्र र पदकसहित सम्मान गरिने जनाइएको छ । समापन समारोहमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, डा। भगवान कोइराला र डा।नन्द बहादुर सिंहको समेत उपस्थिति रहने कलेजले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *